आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध

आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो । यस्तै वेङ्गरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले फोर्थलाईन अफिसियल एन्थोली टेलरलाई धकेलेको तथा अपशब्द प्रयोग गरेकोमा कारवाही गरिएको हो । प्रतिबन्ध एफए कप अन्तर्गत शनिबार राति साउथह्यामप्टनसँग हुने खेलदेखि नै लागु हुनेछ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक