बाह्रविसेमा ५ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न

बाह्रविसे (सिन्धुपाल्चोक) । भुकम्पका काराण खानेपानीको मुहानमा समस्या देखिएका जिल्लाभर खानेपानीको समस्या भइरहेका सिन्धुपाल्चोकको बाह्रविसे वडा नम्बर १ मा ४४ करोड ८२ लाख ३३ रुपैयामा लागतमा खानेपानी आयोजनाको सम्पन्न भएको छ । सो खानेपानी आयोजनाको खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले उदघाटन गरे । राज्यमन्त्री खड्काले मंगलवार बाह्रविसे वडा नम्बर १ को माथिल्लो हिट्टी ढुंगेधारा आयोजना तथा पौडी पोखरीको र सांस्कृतिका भवनको उदघाटन गरेका हो । सो आयोजनाबाट ५ सय घुरीले उपयोग गर्नेछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद मोहन बस्नेतले स्थानिय जनता, सरकारी निकाय तथा सांसद विकास कोषको सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको बताए । केन्द्रीय सदस्य बस्नेतले यो निर्वाचन क्षेत्रका ३० वटै गाविसमा खानेपानीका साथै सांस्कृतिक भवन तथा पौडी पोखरी सहित बहुउद्देशिय आयोजना संचालन गर्ने बताए । उनले खानेपानी तथा विकासका कार्यक्रममा सरकारी खर्चमा नभएर स्थानिय जनताको समेत सहभागितामा बनेमा आपनत्व महशुस गर्ने बताए । 


कार्यक्रममा राज्यमन्त्री दिपक खड्काले देशभरको खानेपानी समस्या समाधानका लागि सरकार गम्भिर भएर लागेको बताउदै  मुलुकमा खानेपानीका फरक फरक प्रकारका समस्या रहेका छन् । उनले तराईमा आफै प्रकारको समस्या रहेको सहर र पहाडमा अर्कै प्रकारको खानेपानीको समस्या रहेको बताए । मन्त्री खड्काले संविधानमा खानेपानी र सरसफाईलाई मौलीक हकका रुपमा ग्यारेण्टी गरिएकाले सरकारलाई यो संवैधानिक ग्यारेण्टीलाई कार्यान्वयन गर्न सरकार लागि परेको बताए । स्वस्थ्य खानेपानी नागरिकको मौलिक हक भएकाले सरकार त्यो जनताको मौलिक हकको संरक्षण गर्न लाग्ने बताए ।

सुचना तथा मनोरञ्जनको सम्वाहक