चापेकोएन्सेले इन्टर डि लागेसलाई २–१ ले हरायो

विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले दुर्घटनापछि भएका खेलमा पहिलो जित दर्ता गरेको छ । गएको नोभेम्बर २९ मा कोलम्बियामा भएको विमान दुर्घटनामा चापेकोएन्सेका धेरै खेलाडीको ज्यान गएको थियो । चापेकोएन्सेले सोमबार बेलुका भएको खेलमा इन्टर डि लागेसलाई २–१ ले हराएको हो । एरिना कोन्डा स्टेडियममा भएको खेलमा निल्टिन्हो र विलिङटनको गोलको मद्दतमा चापेकोएन्सेले जित निकालेको हो । यस्तै बिहीबार प्रिमिएरा लिग अन्तर्गत भएको खेलमा जोइनभिल्लासँग गोलरहित बराबरी गरेको थियो ।  यसअघि माघ ८ गते शनिबार भएको दुर्घटनापछिको पहिलो मैत्रिपूर्ण खेलमा ब्राजिलको लिग च्याम्पियन क्लब पाल्मेइराससँग २–२ को बराबरी खेलेको थियो । चापेकोएन्से २२ नयाँ खेलाडी अनुबन्ध गरेको छ । यस्तै नयाँ प्रशिक्षक पनि नियुक्त गरेको छ ।
कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्नसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए । 

सुचना तथा मनोरञ्जनको सम्वाहक