म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशन सम्पन्न ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल / म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशन 29 जनवरी 2017 मा सम्पन्न भएको छ ।  यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नेलाई धन्यबाद ज्ञापन गरिएको आयोजक पक्षबाट जानकारी आएको छ । कार्यक्रममा प्रमुख अतिथी अमेरिकाकालागी नेपाली महाबाणिज्य दुत प्रेम राजा महत रहनु भएको थियो भने विशेष अतिथी ल्च्ल् ल्ऋऋ का उपाध्यक्ष्य रबिना थापा, अतिथिहरु पारश श्रेष्ठ, मोहन थापा, दल रोका, गोपाल बिक, कृस घिमिरे, डा। चक्र बुढाथोकी, कुसुम भट्टचन, खेम भट्ट्चन, नारायण थापा र गायिका सृजना थापा रहनु भएको थियो ।

यस अधिबेशनले नया कार्यसमितीको चयन गरेको छ । जसमा स्( अध्यक्ष्य अमर छन्त्याल, वरिष्ठ उपाध्यक्ष्य इन्द्र थापाक्षेत्री, उपाध्यक्ष्य खमान छन्त्याल, महासचिब निलम पुन, सचिब मन्जु पुन, कोषाध्यक्ष बेक पुर्जा, सह कोषाध्यक्ष जेबि पुन, सन्चार निर्देशक सुरेन्द्र भण्दारी, सदस्यता निर्देशक खगेन्द्र छन्त्याल र सदस्यहरु अमृत रामदान, भबिश्वर पुन, मन बहादुर रोका, किशोर केसि, अन्जु थापा र दीपा पुन कार्की रहेका छन् ।
अधिबेशनमा निर्बाचन सम्पन्न गर्नका लागि कृस घिमिरेको अध्यक्ष्यतामा ३ सदस्यीय निर्बाचन समितिको गठ्न भएको थियो । डा. चक्र बुढाथोकी र प्रशान्त श्रेष्ठ यश समितिका सदस्य रहनु भएको थियो । यद्यपि कार्य समितिको चयन निर्बिरोध रुपमा भएको थियो ।

कार्यक्रमको अध्यक्ष्यता निबर्तमान अध्यक्ष राम प्रकाश भण्डारीज्युले गर्नु भएको थियो भने यसको सन्चालन निबर्तमान महासचिब इन्द्र थापा छेत्रीले गर्नु भएको थियो । कार्यक्रममा कलाकार सृजना थापाज्युलाइ कला क्षेत्रमा विशेष योगदान पुर्याएर्को ठहर गरि म्याग्दी समाज अमेरिकाको मानार्थ सदस्यता प्रदान गरेको छ। कार्यक्रमको पश्चात नौमती बाजा र दोहोरी गीत कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको लागि मोहन थापाले स्थल उपलब्ध गराउनु भएको थियो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक