मुटुलाई स्वस्थ राख्न नरिवलको तेल उपयोगी

नरिवल खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तर यसबाट निस्कने तेल पनि निकै उपयोगी हुन्छ । मानिसहरु प्राय नरिवलको तेललाई कपालमा लगाउन मात्र प्रयोग गर्छन् । तर यस तेलमा पकाएको खाना खानाले निकै फाइदा पुर्याउँछ ।


तपाईहरु बढ्दो तौलबाट हैरान हुनुहुन्छ भने सरसोको तेलमा होइन कि नरिवल तेलमा पकाएको खाना खाएमा तपाईको शरीरलाई पातलो बनाउन मद्दत गर्दछ ।


तपाईले कपाल र छालालाई सुन्दर बनाउन नरिवलको तेल प्रयोग गर्नु भएको होला तर आज डिसीनेपाल तपाईहरुलाई यस तेलमा पकाएको खाना खाँदा हुने फाइदाको बारेमा बताउन गहिरहेको छ ।  जसबाट तपाईलाई विभिन्न रोगबाट छुटकारा दिलाउन मद्दत गर्छ ।


यस्ता छन् नरिवलको तेलमा पकाएको खाना खाँदा हुने ५ फाइदा


१. तौल घटाउनः
नरिवलको तेलमा अन्य तेलमा भन्दा चिल्लो कम हुन्छ । त्यसैले यसमा पकाएको खाना तपाईको तौललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।


२. इम्युनिटी बढाउन
तपाईको शरीरलाई स्वस्थ राख्नका लागि इम्युनिटी बलियो हुन निकै जरुरी छ । त्यसैले यस तेलमा पाइने "मिलरल्स" तपाईको शरीरको इम्युनिटी बढाएर तपाईलाई स्वस्थ राख्न सहयोग पुुर्याउँछ ।


३. मुटुलाई स्वस्थ राख्न
नरिवल तेलले तपाईको मुटुलाई स्वस्थ राख्न समेत मद्दत गर्छ । यसमा पाईने "लोरिक एसिड"ले "उच्च कोलेस्टोर"लाई नियन्त्रण गर्छ जसले मुटुमा हुन सक्ने बिमारीको खतरा कम गर्न सहयोग गर्छ ।


४. एल्जाइमर रोगबाट बच्न
हालसालै भएको एक अनुसन्धानबाट यो कुरा पत्ता लागेको छ की नरिवल तेलको प्रयोगबाट एल्जाइमरको बिमारीबाट पनि छुटकारा पाउन सकिन्छ ।


५. थाइराइडलाई नियन्त्रणमा राख्न
यदि तपाई थाइराइडबाट पीडित हुनुहुन्छ भने आफ्नो खाना (डाइट) मा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसबाट थाइराइडलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ । यसबाट थाइराइडलाई नियन्त्रणमा राख्न सकिने एक अध्ययनबाट पत्ता लागेको थियो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक