काठमाडौंमा दोश्रो युवा सम्मेलन सम्पन्न

पोखरा विश्वबिद्यालय अन्तरास्ट्रिय सम्बन्धका प्रा टेक बहादुर क्षत्री युवा वैज्ञानिक तथा प्राबिधिकहरुलाई देशभित्रै  आफ्नो क्षमताको सदुपयोग गर्न र नव प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले  "हाम्रा वैज्ञानिक: हाम्रो शक्ति: हाम्रो आशा" को मुलनारा सहित त्रिभुवनविश्वबिद्यालय व्यवहारिक बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र (रिकास्ट )को मुख्य आयोजना र ब्रेनीक्यूब रिसर्च अर्गनाइजेशन तथा नेपाल पोलिमर ईन्स्टिच्युटको सह आयोजनामा हालै काठमाडौंमा सम्पन्न भएको छ । बिदेश्मा युवा वैज्ञानिकहरुको पलायन भइरहेको सन्दर्भमा निती निर्माता तथा प्राग्यहरुमा यस सम्मेलनले केही होस सुझाव सरकारलाई दिन सक्ने कुरा रिकास्टका कार्यकारी निर्देशक प्रा. डा रामेश्वर अधिकारी बताउनु हुन्छ ।  यही माघ १५ र १६ गते काठमाडौंमा सम्पन्न युवा सम्मेलनको उद्घाटन पूर्व विज्ञान प्रबिधि तथा वातावरण मन्त्री ई. गणेश साह्ले गर्नुभएको थियो भने नेपाल युवा परिषदका कार्यकारी उपाद्क्ष्य माधव ढुङ्गेल नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सद्स्य सचिव बुध्दि रत्न खड्गी त्रिभुवन विश्वबिद्यालय विज्ञान तथा प्रबिधि अध्ययन सस्थानका डिन प्रा डा रामप्रसाद खतिवडा नास्टका वैज्ञानिक तथा प्रधानमन्त्रिका वैज्ञानिक सल्लाहकार डा रबिन्द्र प्रसाद ढकाल त्रि वि भौतिक शास्त्र बिभागका प्रमुख प्रा डा बिनिल अर्याल एसिया प्रशान्त क्षत्र युवा वैज्ञानिक सम्मेलनका अद्क्ष्य इन्डोनेशियाका वैज्ञानिक डा मोनिका राहार्तीले सम्बोधन गर्नुभएको थियो । 
रिकास्टका कार्यकारी निर्देशक प्रा डा रामेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा दोश्रो युवा वैज्ञानिक सम्मेलन सम्योजक खिमप्रसाद पन्थीले सम्मेलनको आयोजनाको उपादेयता माथि प्रकाश पार्नुभएको थियो । सम्मेलनको प्राबिधिक सत्रमा विश्व प्रजातान्त्रिक  युवा महासंघका पूर्व उपाद्क्ष्य तथा नेपाल अध्ययन केन्द्रका अनुसन्धानविद तथा सामाजिक अभियन्ता योगेन्द्र शाहीले मानव विकास वैज्ञानिक आबिस्कार युवा तथा सामाजिक न्याय बिषयमा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा विज्ञान तथा प्रबिधी क्षत्रमा उत्साहका साथ लागेका बिभिन्न अवसर तथा पुरस्कारबाट समानित ब्यक्तित्वहरुलाई लिएर छलफलको आयोजना गरिएको थियो । छलफलमा जैव प्रबिधी तथा जैव रसायनका वैज्ञानिक डा हरिदत्त भट्टराई इसिमोडका पर्यावरण तथा जलवायु परिवर्तन विज्ञ डा नकुल क्षत्री विश्वबिद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा दिपक खड्काले अनुसन्धानको महत्व अवसर र चुनौती बारे बिचार  ब्यक्त गर्नुभएको थियो । 
छलफलमा काठमाडौं व्यबहारिक विज्ञान संस्थानका अनुसन्धानविद्द डा बसन्त गिरिले सहजकर्ताको भूमिका खेल्नुभएको थियो । दोश्रो छलफल कार्यक्रम उधोग प्राज्ञिक संस्थान  तथा उधमशिलको आपसी सहयोग बिषयमा आयोजना गरिएको थियो । छलफलमा बिभिन्न क्षत्रका उधमशिल ब्यक्तिवहरु श्री अजय प्रधानाङ्ग मेघनाथ न्यौपाने राजन के सि र चन्द्रकान्त अधिकारीले महत्वपूर्ण बिचारहरु ब्य्क्त गर्नुभएको थियो भने सहभागी तथा विज्ञहरुको बिचमा रिकास्टका वैज्ञानिक प्रा डा मिना राजभण्डारीले सहजकर्ताको काम गर्नु भएको थियो । 
तेश्रो छलफल कार्यक्रममा चौधरी प्रतिष्ठानका कार्यकारी अधिकृत मेरिना रन्जित शिखर जैवप्रबिधी डा रबिन्द्र सापकोटा जीव बैज्ञानिक तथा अनुसन्धानविद्द डा समीर मणी दिक्षित समाजसेवी तथा उधम्मशिल इन्नगे पास्टचले भागलिनु भएको थियो । सहजकर्ताको भूमिका काठमाडौं बिश्वबिद्यालयका प्राध्यापक डा राजेन्द्र जोशीले गर्नुभएको थियो। त्यसैगरी चौथो छलफल कार्यक्रम बनाॐ विज्ञान हाम्रो अभियान बारे गरिएको थियो । छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य इ सुनिल बाबु श्रेष्ठ प्रधानमन्त्रीका सल्लाह्कार डा रबिन्द्र प्रसाद ढकाल बिश्वबिद्यालय अभियन्ता डा प्रमोद ढकालले भागलिनु भएको थियो भने सहभागी र विज्ञ बिच सहजकर्ताको भूमिका नास्टका  बरिष्ठ वैज्ञानिक सुरेश ढुगेलले गर्नु भएको थियो ।  
कार्यक्रमको दोश्रो दिन शेख इद्रिस शिक्षा बिश्वबिद्यालय मलेसियाका प्रा रामली मुस्तफाले विध्यार्थी तथा युवा वैज्ञानिकहरुलाई समयको तालमेल मिलाई आफ्नो लक्ष्यमा अघी बढन आवहान गर्नुभयो। आफ्नो रोचक प्रस्तुतिमा जगतले सचेतनताका साथ अघी बढेमा थुप्रै अवसरहरुको श्रृजना बताउनु भयो । 
कार्यक्रममा अर्का मुख्य बक्ता नास्टका प्राज्ञ डा राज भुजुले नेपालमा प्रतिभाहरुको कमी नभएको तथा अवसरको आँफै अघी बढ्नु पर्ने र सम्बृध्दि प्राप्त गर्न परिश्रमले मात्रै सम्भव बताउनु भयो । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनी अपेक्षित हुन नसक्नुमा अनुसन्धानमा कमी हुनुले हो र अनुसन्धान राज्यले बिशेष ध्यान पुर्‍याउनुपर्ने बताउनु भयो । 
कार्यक्रमको समापन समारोहमा विज्ञानका बिभिन्न विधामा यान्त्रिक तथा सैध्दान्तिक अथवा व्यवहारिक अनुसन्धानको बिषयमा सफल हुने प्रतियोगिहरुलाई तक्मा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । रसायनशास्त्र बिषयमा  विजयी हुने सुशिला थापा, वातावरण विज्ञानमा संगिता तिमील्सिना भौतिक शास्त्रमा महेश ठकुरी इञ्जिनियररिङ्गमा सिजन देवकोटा र जीवविज्ञानमा  श्रृजना बस्ताकोटीले बिषयगत बिज्ञहरु प्रा डा त्रिबिक्रम भट्टराई वैज्ञानिक तथा प्राज्ञ डा तेजबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी बिद्यालय स्तरीय उत्कृष्ट हुने सहभागीहरुमा रामु खत्त्री (प्रथम), सागर कोइराला (दोश्रो ),   र अर्जुन बिश्वकर्मा र उनको समुहका साथीहरु हुनुहुन्थ्यो । बिभिन्न बिषयगत बिज्ञहरुको समुहले बिभिन्न प्रकृया द्वारा सफल हुने उपयुक्त सफल सहभागीहरुको नामावली प्रा डा मोतिलाल शर्माले पढेर सुनाउनु भएको थियो । 
समापन समारोहको अन्तिम चरणमा सम्मेलनका सम्योजक खिमप्रसाद पन्थी सहसम्योजक द्व्य आकाश देव तथा केदारनाथ ढकाल, आयोजक समिती सदस्य सन्दीप थापाले कार्यक्रमको समिक्षा गर्नुभएको थियो । आयोजकको तर्फबाट त्रिचन्द्र क्याम्पसका सहायक प्रमुख डा राजेश पण्डितले सबैलाई धन्यवाद दिनुभएको थियो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक