तामाङसेलोका प्रशिद्ध गायक प्रयास दोङको “दिम शाङ्गबरी” सार्वजनिक [भिडियो सहित]

गीतसंगीतको दुनियाँको चर्चामा रहेको गायकहरुमा प्रयास दोङ, प्रयास दोङ, तामाङ सेलोको नायक भनेर चिनिँदै आएका छन् । संगीत अन्तरमन जागरण गर्ने अचुक उपाय हो भन्दै उनै गायक÷संगितकार दोङ यतिबेला गीत संगितको माध्यमबाट तामाङ संस्कृतिको मौलिक पहिचान र संरक्षण गर्न लागि परेका छन् ।

काभ्रे पुख्र्यौली थलो भएका दोङको सानै उमेरदेखि नै गीतसंगीतमा व्यापक रुची थियो । उनले यस अद्भुत कलालाई उजागर गर्दै २०६७ को काभ्रे आईडलबाट आफ्नो नामलाई चिनाए ।

एल्बम छारगोङ्बाबाट पहिलो सांगितिक कोसेली पस्केका गायक दोङलाई उनको दोस्रो एल्बम अल्लारे ठिटोले चर्चा शिखरमा उभ्यायो ।

दोङले छोटो समयमै सांगितिक क्षेत्रमा हासिल गरेका उपलब्धी मध्येको एक हो । सयौँ भन्दा बढीको संख्यामा संगित भरेका छन् भने दर्जनौँ तामाङ सेलो गीत गाईसकेका छन् ।
बिरथान्बा ला नाम सारी बोलको गितले त झनै प्रयासको सफलताको भर्याङमा ईटा थप्न मद्धत गर्यो । तामाङ समुदायमा लोकप्रीय बनेका दोङको म्हाने त बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । 

गायक दोङ स्टेज कार्यक्रमहरुमा व्यस्त देखिन थालेका छन् । टुँडीखेलमा ल्होसारको कार्यक्रममा दोङको प्रस्तुती फड्को मारेको थियो । औपचारिक कार्यक्रममा व्यस्त रहन थालेपछि उनी आजकाल आफ्नो प्रस्तुतीलाई कसरी फरक र पृथक बनाउन सकिन्छ भन्ने बारेमा प्रयासरत छन् ।

तामाङ समुदायमा निकै नै चर्चित प्रयास दोङले तामाङ चलचित्र एसे पिन्बा मायाको सेन्टी गित र माया पिरतकिो को गित रेकर्डिङ पनि गरिसकेका छन् ।

दोङले ल्होछार मेला बोलको केही दिन अघिमात्र सार्वजनिक गरेका थिए । दोङ पछिल्लो समयम ल्होसार विशेष कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।

छोटो समयमा निकै लोकप्रिय र चर्चा कमाउन सफल गायक  तामाङ सेलो मार्फत दर्शक श्रोताको मन जित्न सफल भएका हुन् ।

उनका गीतहरु सेलो दोहोरी विशेष हुने गरेका छन् ।


सुचना तथा मनोरञ्जनको सम्वाहक