अस्ट्रेलियन ओपन टेनिस : रोजर फेडेरर र राफेल नाडालबिच प्रतिस्पर्धा हुँदै

अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधिका लागि आइतबार रोजर फेडेरर र राफेल नाडालबिच प्रतिस्पर्धा हुँदैछ । १७ औं बरियताका स्वीस खेलाडी फेडेररले नवौं बरियताका स्पेनी खेलाडी नाडालसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । ३५ वर्षका फेडेरर सेमिफाइनलमा स्टानिसलास वावरिन्कालाई ७–५, ६–३, १–६, ४–६ र ६–३ को सेटमा हराएर फाइनलमा स्थान बनाएका हुन् । ३० वर्षका नाडालले सेमिफाइनलमा ग्रिगोर दिमित्रोवलाई ६–३, ५–७, ७–६, ६–७ र ६–४ को सेटमा हराएर फेडेररसँगको भेट पक्का गरेका हुन् । फाइनल खेल नेपाली सयम अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ । फेडेरर र नाडालबिच यसअघि ८ पटकग्राण्ड स्लामको फाइनलमा भेट भएको छ । पछिल्लो पटक सन् २०११ मा फ्रेन्च ओपनको फाइनलमा यि दुई बिच भेट भएको थियो । नाडालले अहिलेसम्म एक पटक तथा फेडेररले चार पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । नाडालले अहिलेसम्म १४ वटाग्राण्ड स्लाम उपाधि उचालेका छन् । फेडेररले १७ वटाग्राण्ड स्लाम उपाधि जितेका छन् । अस्ट्रेलियन ओपनमा पछिल्लो पटक सन् २००९ मा फेडेररलाई हराएर नाडालले उपाधि जितेका थिए ।  अहिलेसम्म फेडेरर र नाडालबिच ३४ पटक प्रतिस्पर्धा भएको छ । त्यसमा २३ खेलमा नाडाल विजयी भएको छन् । यस्तै मिक्स डबल्सको उपाधि कालागि आइतबार नै खेल हुनेछ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक