उदयपुर गोल्ड कपको उपाधी रुपन्देही ११ लाई

थरुहट रंगशाला गाईघाटमा मोरङ ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देही ११ ले उदयपुर गोल्ड कपको उपाधी जितेको छ ।  
बिहीबार उपाधी जितेसँगै रुपन्देहीले दुईलाख र उपविजेता मोरङले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । म्यान अफ दि म्याच रुपन्देहीका पिटर घोषित भए ।  
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी मोरङका निरज बस्नेत घोषित भए । उत्कृष्ट गोलरक्षक रुपन्देहीका दिलिप क्षत्री भए । यस्तै उदयमान खेलाडी उदयपुरका रामु थापा मगर घोषित भए । सर्बाधिक गोलकर्ताहरु हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, रुपन्देहीका दिवक राई र संकटका राजु पौडेल भए । उनीहरुले दुई दुई गोल गरेका थिए । गएको फागुन २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए । 

सुचना तथा मनोरञ्जनको सम्वाहक