गायक उत्तम विक्रम विष्टको ''ह्याप्पी भ्यालेन्टाईन डे'' सार्वजनिक

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको अवसर पारेर गायक उत्तम विक्रम विष्टको आवाज रहेको गीत सार्वजनिक भएको छ । ह्याप्पी भ्यालेन्टाईन डे बोलको उक्त गीतमा शब्द उविविको रहेको छ भने संगीत गायक स्वयं विष्टको रहेको छ । आकाश गोर्खालीको एरेन्जमेन्टमा तयार गीतको भिडियोलाई विपन काफ्लेले निर्देशन गरेका छन् । राजु लामाको छायांकन तथा सोहन मानन्धरको सम्पादन रहेको भिडियोमा जिना थापा, आयुप के.सी लगायतको अभिनयलाई देख्न सकिन्छ । 
भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक