आलुको बोक्राका महत्वहरु जान्नुहोस् ।

एजेन्सी । मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ ।

तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गछौं । आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ ।

पोषण तत्वको स्रोतः आलुको वोक्रामा पोटास, आईरन र भिटामिन बी ३ जस्ता महत्वपूर्ण तत्व पाईन्छ । आलुमा पाईने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आईरनले शरिरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ ।


फाईबरयुक्तः आलुको वोक्रामा प्रशस्त फाईबर हुन्छ । फाईबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिशिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला ।

कपाल फुल्नबाट जोगाउछ स् आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् । कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ । उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँद कपाल फुल्नबाट रोक्छ ।

छाला चम्किलो बनाउँछः आलुको वोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घन्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । । लगातार दुई साता यही प्रक्रिया दोहोर्याउँदा अनुहारमा भएका दाग हराउँछ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक