आर्सनलले रेलिगेसनको खतरामा रहेको हल सिटीलाई २–० ले हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारको खेलमा आर्सनल विजयी भएको छ । लिग अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको आर्सनलले रेलिगेसनको खतरामा रहेको हल सिटीलाई २–० ले हराएको हो ।आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुवै गोल गरे । दोश्रो हाफको इन्जुरी समयमा गोल गरेका साञ्चेजले ३४ औं मिनेटमा गरेको पहिलो गोल विवादित रह्यो । गोल पोष्टमा छिर्नुअघि बल साञ्चेजको हातमा लागेको थियो । तर त्यसलाई रेफ्रीले नदेख्दा आर्सनलले फाइदा उठायो । गोल गरेपछि साञ्चेजले हात उठाउँदा उनको कुहिँनामा बलले लागेको दाग नै प्रष्ट देखिएको थियो । 

सुचना तथा मनोरञ्जनको सम्वाहक