गायक अनुज जोशिको ‘नजर’ सार्वजनिक

गायक अनुज जोशिको सुमधुर आवाज रहेको ‘नजर’ सार्वजनिक भएको छ । आनन्द अधिकारिको शब्द तथा अहिलेका निकै व्यस्त संगीतकार दिपक शर्माको संगीत रहेको यस गीतको भिडियो भर्खरमात्र छायांकन सम्पन्न भएको छ । निर्देशक प्रसन्न पौडेल निर्देशित भिडियोमा बिदुर पाण्डेको छायान्कन र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।  भिडियोमा नायक प्रमोद भार्द्वाज तथा नव नायिका अस्मिता केसिको अभिनयलाई देख्न सकिनेछ । भिडियो केही समयपछी सार्वजनिक गरिने निर्माण युनिटले अनलाईन रफ्तारलाई जानकारी दिएका छन् । 
लिरिकल भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक