बलिउड संगीतकार रिमी धरको संगीतमा गायक आर्जन पाण्डेले ल्याए ''बेबीगर्ल'' [भिडियो सहित]

आवाजका धनि गायक आर्जन पाण्डेको सुमधुर आवाज रहेको बेबीगर्ल बोलको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । बलिउड म्युजिसियन रिमी धरको अब्बल संगीत रहेको यस गीतमा डि.पी खनालको उत्कृष्ट शब्द रचना रहेको छ । मायाको परिभाषलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको यस गीतको शब्द र आवाज तारिफयोग्य नै छ । ईल्फीन आईज ईन्टरटेन्टमेन्टले निर्माण गरेको यस गीतको भिडियोलाई निशान्त भारद्धाजले निर्देशन गरेका छन् । भिडियोमा ध्रुर्व गौतमको छायांकन र मन बी. रोकाको सम्पादन रहेको छ । भिडियोमा रेश्मा बारी र शान्तानु सुरोलियाको साथमा लक्ष्मीको उत्कृष्ट अभिनयलाई देख्न सकिन्छ । नितिन गिरीको मेकअप, गणेश काकारेको ड्रोन अपरेट रहेको भिडियोको प्रमोशनको जिम्मा म्युजिक ज्योय मिडीयाले लिएको छ । भिडियोमा सहायक निर्देशन मन मिश्रको रहेको छ । 
भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक