पिएसजीले बार्सिलोनालाई ४–० ले हरायो

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई ४–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन एन्जल डि मारियाले दुई तथा जुलियन ड्रेक्सलर र एडिसन काभानीले एक एक गोल गरे । दोस्रो लेगमा पिएसजीलाई फराकिलो गोल अन्तरले हराउन नसके बार्सिलोना क्वाटरफाइनल पुग्न सक्दैन । पछिल्लो एक दशकयता पहिलो पटक बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा नपुगी बाहिरिने सम्भावना बढेको छ । बार्सिलोनालाई दबाबमा राखेको पिएसजीले १८ औं मिनेटमा डि मारिया तथा ४० औं मिनेटमा ड्रेक्सलरले गरेको गोलबाट पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफमा पनि पिएसजीले थप दुई गोल गर्‍यो । डि मारियाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो दोल गर्दै अग्रता ३–० मा पुर्‍याए । ७१ औं मिनेटमा काभानीले गोल गरेपछि पिएसजीले ४–० को शानदार जित निश्चित गरेको हो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक