चोटका कारण एलेक्स भिडाल पाँच महिना खेल्न नसक्ने

बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल अबको पाँच महिना खेल्न नसक्ने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एलाभेससँगको खेलको क्रममा भिडालको दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको हो । उनको जोर्नी टुटेको छ । खेलको ८५ औं मिनेटमा एलाभेसका थियो हर्नान्नडेजसँग ठोक्किएपछि उनको गोलीगाँठोमा चोट लागेको हो । त्यसपछि २७ वर्षका भिडाललाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । उनको चोट गम्भीर रहेको र यो सिजनका बाँकी खेल खेल्न नसक्ने जनाइएको छ । ओसासुनासँगको खेलमा बार्सिलोना ६–० ले विजयी भयो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक