चर्चित गायक राजेश पायल राईको मनमा बास गर्ने प्रेमिका सार्वजनिक [भिडियो सहित]

चर्चित गायक राजेश पायल राईको सुमधुर आवाजमा बास गर मेरी माया बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । अम्बर तुम्बापो सुब्बाको संगीत संयोजन तथा गोपी दहालको शब्द रचनामा तयार गीतमा अज्निश राईको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोलाई गोपी दहालले निर्देशन गरेका छन् । लक्ष्मी अधिकारीको निर्माण रहेको भिडियोमा देवजन शास्त्रियास भानु, मुना बस्नेत र प्रकाशको अभिनय रहेको छ । भिडियोलाई नन्दु लगुन र अम्बर गुरुङले नृत्य निर्देशन गरेका छन् भने छायांकन काशी कंडेल र उत्तम अधिकारीको रहेको छ । 
भिडियो हेरौं

सुचना तथा मनोरञ्जनको सम्वाहक