संसारकै चार अचम्मित विवाह पढ्नुहोस

एजेन्सी, विवाह एक यसे बन्धन हो । २ मानिस आपसि सहमतिमा एक अर्काको जिवन विताउने निर्णय लिन्छन् । त्यसो त तपाईले धेरै विवाहरु देख्नुभएको होला । तर, आज हामी केही यस्ता विवाहको विषयमा बताउँदैछौ जुन साँच्चै अचम्म लाग्दा छन् ।


१. सेनेल मैसिलेला र हेलेन शाबांगु

सेनेल र उनको परिवारले हेलेकनको परिवारलाई सेनेलसँग विवाह गर्नका लागि ५०० पाउण्ड (करिव ४० हजार रुपैंया) दिएको थियो । किनकी सेनेन मात्र ८ बर्षका थिए र हलेनको उमेर ६१ बर्ष थियो ।

वास्तवमा सनेलका हजुरबुवाको केही बर्ष मृत्यू भएको थियो । र उनको अन्तिम इच्छा थियो सेनेलको विवाह । सेनेल हेलेनको धेरै चाहान्थे यही कारणले यी दुईको विवाह गराइएको थियो । यो विवाह कानुनीरुपमा वैध थिएन । किनकी, हेलेन पहिलै विवाहित थिइन और ५ बच्चाकी आमा पनि । सेनेलका अनुसार उनको परिवार निकै खुसी छन् ।


२. लिउ

चीनको जुहाई शहरमा बस्ने ३९ बर्षिय लिउले १ जनवरी २००७ मा परम्परागत तरिकाले आफैसँग विवाह गरेका थिए । विवाहमा उनले आफ्नै एक फोटोलाई बेहुली जस्तै सजाएर विवाह गरेका थिए ।


३. अहमद मुहम्मद र साफिया अब्दुल्लाह

सोमालियाको एक सानो गाउँमा बस्ने अहमद मुहम्मदले ११२ बर्षको उमेरमा १७ बर्षकी साफियासँग विवाह गरेका थिए । उनले ५ विवाह गरेका थिए । अहिले ५ मध्ये ३ श्रीमतीको मृत्यू भइसकेको छ । साफियाको परिवारका सदस्य पनि यो विवाहको विरोधमा छैनन् । यो गाँउमा यस्तो खालको विवाह पछिल्लो १०० बर्षमा पहिलो पटक भएको हो ।


४. बिमला दास र सर्प

भारतको उडिसा राज्यको खुर्दा जिल्लामा बस्ने बिमलाले मे २००६ मा कुनै पुरुषसँग हैन एक सर्पसँग परम्पारगत शैलीमा विवाह गरेकी थिइन् । बिमलाकी आमाका अनुसार बिमला साह्रो विरामी भएकी थिइन् ।

जब बिमलाले त्यो सर्पको दुध पिलाउन थालिन तब उनको स्वास्थ्य ठिक भएको थियो । त्यही बेला देखि उनको त्यो सर्पसँग प्रेम शुरु भएको थियो । त्यसपछि बिमलाले त्यही सर्पसँग विवाह गर्ने सोच बनाएकी थिइन । बिमलाका अनुसार त्यो सर्पले मासिनलाई टोक्दैन । गाँउका मानिसहरु बताउँछन् की अनौठो सर्पका कारण उनीहरुको समुदायको भग्य बदलिनेछ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक