काठमाडौमा गौरी पब्लीकेशनद्धारा आयोजीत एकसाथ २७ वटा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न ।

आज सरस्वती पुजाको दिन काठमाडौमा गौरी पब्लीकेशनद्धारा आयोजीत एकसाथ २७ वटा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पब्लीकेशनका अध्यक्ष दामोदर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ गजलकार घनश्याम न्यौपाने रहनु भएको थियो भने अतिथीहरु चर्चित नायिका शुभेच्छा थापा, राम प्रसाद पाठक, आवाज शर्मा,डा. माधव प्रशाद सापकोटा, रत्ना प्रशाद अनामणी श्रेष्ठ, हरी उदासी, मधुरा सायमी, सञ्चारकर्मी राजकुमार रायमाझी, गायक एबम् सर्जक रमेश बिक्र रत्न, नारायण मणी लगायत कवी गीतकार, गजलकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा गौरी पब्लिकेशनद्धारा प्रकाशीत२७ वटा पुस्तकहरुको एक साथ बिमोचन गरिएको थियो । गौरी पब्लिकेशनको अभियान, सर्जक र श्रृजनाको सम्मान भन्ने मुल नारा सहित सो पब्लीकेशनको जन्म भएको हो । गोबिन्द लामीछानेको सञ्चालन रहेको कार्यक्रममा बिभिन्न कवि, गितकार, सर्जक, पत्रकारलाई सम्मान गरिएको थियो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक