विराट कोहलीको अर्को कीर्तिमान

भारतका कप्तान विराट कोहलीले अर्को कीर्तिमान बनाएका छन् । हैदराबादमा भइरहेको बंगलादेशसँगको टेस्ट क्रिकेटको क्रममा कोहलीले नयाँ कीर्तिमान बनाएका हुन् । शुक्रबार कोहलीले बंगदेशलसँगको खेलको क्रममा दोहोरो शतक बनाए । यो उनले लगातार चार टेस्ट श्रृँखलामा बनाएको चौथो दोहोरो शतक हो । योसँगै कोहली लगातार चार श्रृँखलमा चार दोहोरो शतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियाका सर डोनाल्ड ब्रेडम्यान र भारतका राहुल द्रविडले लगातार तीन श्रृँखलामा दोहोरो शतक बनाएका थिए । तर कोहलीले यि दुवै महान ब्याट्स्म्यानलाई पछि पार्दै नयाँ कीर्तिमान बनाएका हुन् । बंगलादेशसँगको खेलको दोस्रो दिन शुक्रबार कोहली दुई सय चार रन बनाएर ताइजुल इस्लामको बलमा एलबिडब्ल्यु आउट भए । भारत र बंगलादेशबिच एक मात्रै टेस्ट क्रिकेट भइरहेको छ । कोहलीले खेलको पहिलो दिन एक सिजनमै टेस्ट क्रिकेटमा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका थिए । यसअघि सुनील गावस्कर र विरेन्द्र सहवागले पनि एकै सिजनमा टेस्ट क्रिकेटमा एक हजार रन बनाएका थिए ।

सुचना तथा मनोरञ्जनको सम्वाहक