शीर्ष स्थानको चेल्सी लिभरपुलसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी लिभरपुलसँग बराबरीमा रोकिएको छ । लिभरपुलको मैदानमा भएको खेलमा १–१ को बराबरीमा रोकिएको चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँगको अंकदूरी ९ पुर्‍याएको छ । २४ औं मिनेटमो डेविड लुइजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जर्जिनियो विनाल्डमले लिभरपुलका लागि बराबरी गोल फर्काए । लिभरपुलका रोबर्टो फिरमिनोले गोल गर्ने दुई वटा सुन्दर मौका गुमाए । यस्तै चेल्सीका डिएगो कोस्टाले खेल सकिन १४ मिनेट बाँकी हुँदा पाएको पेनाल्टीमा गोल गर्न सेकनन् । चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टेले कोस्टा पेनाल्टीमा चुकेकोमा निराशा जनाएका छन् । बराबरीपछि लिग लिडर चेल्सीको २३ खेलबाट ५६ अंक भएको छ । चौथो स्थानमा रहेको लिभरपुल १० अंक पछि छ । उसको ४६ अंक छ । दोस्रो स्थानको टोटनह्याम चेल्सी भन्दा ९ अंकले पछि छ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक