चेल्सीले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गर्यो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको छ । 
खेलको १३ औँ मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५३ औँ मिनेटमा हाजार्डले र ८५ औँ मिनेटमा फ्याब्रिगासले गोल गरे । खेलको अतिरिक्त समयमा आर्सनलका लागि जिरार्डले एक गोल फर्काए । 
५९ अंकसहित लिगको शीर्षस्थानमा रहेको चेल्सी तेस्रो स्थानमा रहेको आर्सनलभन्दा १२ अंकले अघि छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको पनि आर्सनलकै समान ४७ अंक छ । तर उसले एक खेल कम खेलेको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक