पासाङको सोचमा नायीका निशा र मोडल जिवनको लडाई [हेर्नुहोस् भिडियो]

गायक शिव लामिछानेको आवाज रहेको चाहे माया गर बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । आफ्नो मन पर्ने मायालुको लागी जिन्दगीभर नै प्रतिक्षा गरेर बस्ने भाव व्यक्त यस गीतमा गायक स्वयं लामिछानेकै शब्दरचना तथा संगीत रहेको छ । 
यस गीतको भिडियोलाई अहिलेका निकै नै व्यस्त निर्देशक पासाङ योन्जन लामाले निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायीका निशा अधिकारीको अभिनयलाई देख्न सकिन्छ भने जिवन, सुमन र विज्ञानले अभिनयमा साथ दिएका छन् । प्रविण श्रेष्ठको सम्पादन तथा ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा श्रंगार भने सिमा गुरुङले गरेकि छिन् । 
पछिल्लो समय निकै उत्कृष्ट काम गर्दे आएका निर्देशक लामाले यस भिडियो निशा र जिवनको निकै राम्रो केमेष्ट्रि मिलाएका छन् । 
भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक