चीनमा अब नदीमै पैदल घुम्न मिल्छ(भिडियो सहित)

एजेन्सी , विकासको दृष्टिले चीन बिश्वमा सबैभन्दा अग्रपंक्तिमा रहेको छ । चीन यस्तो मुलुक हो जसले चुपचाप काम गर्छ। जब सबै काम सकिन्छ अनि विस्तारै उसको कामबारे विश्‍वले थाहा पाउँछ। अरु जस्तो होइन की यो एप्स आउँदैछ, आयो भनेर अमेरिका युरोप र इन्डिया जस्तो हो हल्ला नगरीकनै चीन विश्‍वलाई चकित तुल्याईदिन्छ। चीनले जाडोयाममा आफ्नो देश भ्रमण गर्न आउने पर्यटकहरुलाई नदीमा पैदल यात्रा गराउने भएको छ । केहि समय अघि चीनले दक्षिण पश्चिममा रहेको गुईझोउ प्रान्तस्थित ल्युडियान क्षेत्रस्थित होङ्गुसुई नदीमै पैदल हिँड्ने पाँच हजार मिटर लामो अस्थायी बाटो बनाउन सफल भएको छ । २२ हजार भन्दा धेरै फाइबरको बिम प्रयोग गरि बनाईएको फ्लोटिङ्ग पाथ नदीमै तैरिने गर्दछन । उच्च फाइबर बिमबाट बनाइएको ५ किलोमिटर लामो बाटोमा यात्रा गरेर पर्यटकले विशेष अनुभव गर्न पाउने भएका छन् । जसै पानीको स्तरमा परिवर्तन आउनसाथ फाइबर बिमले बाटोको अवस्थामा पनि परिवर्तन गर्ने गर्दछ । यो पर्यटन क्षेत्र झन्डै ५० किलोमिटरमा फैलिएको छ । सन‍् २०१७ को पहिलो दिन सर्वसाधरणका लागि खोलिएको यो क्षेत्र घुम्न कम्तिमा पनि १० घन्टा लाग्ने गर्दछ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक