बेलका फाइदाहरु

बेलका जरामा कीटाणु मर्ने शक्ति हुन्छ भन्ने अध्ययनले देखाएको छ। यसको पात पनि लेदो बनाएर प्रयोग गरिन्छ्र। कतिपय ठाउमा बेलको पातको रस मधुमेहका बिरामीलाई पनि दिइन्छ्र बेलको फलको जाम विशेस गरि लामो समय दिसा लाग्ने रोगीहरुका लागि फाइदा जनक हुनछ तर पाकेको फल भने सजिलैसंग पच्दैन।

बेलका फाइदाहरु

महिनावारी: महिनावारीमा धेरै रगत जादा एक चम्चा जति बेलको पातलाई मसिनो गरेर पिस्ने र मनतातो पानीमा मिसाएर खाने गर्दाले रगत बग्ने समस्या कम हुन्छ।

उच्च रक्तचाप : उच्च रक्तचापमा बेलको पातलाई सुकाएर धुलो बनाएर सिसिमा हाल्ने, आधा देखी एक चम्चा धुलो एक कप पानीमा घोलेर उमाली चिसो भएपछि छानेर दिनको तिन पटकसम्म खाने गर्नाले फाइदा गर्छ।

जन्डिस:  जन्डिस हुदाबेलको पातलाई मसिनो गरि पिसेर एक चिया चम्चा बनाउने र अलिकति मरिचसंग मिसाएर पिस्ने, र पानीसँग खाने गर्नाले जन्डिसको समस्या बाट मुक्ति पाउन सकिन्छ।

कब्जियत:  कब्जियत तथा अमिलो डकारमा पाकेको फलको गुदी चिनी, महसंग मिसाएर दिनको २/३ चोटिसम्म खाने गर्दाले सो समस्या हटेर जान्छ।

पेट बिग्रिदा: पेट बिग्रिदा सानो फललाई पिस्ने र एक कप दहीमा मिसाएर खाने गर्नाले पेटको समस्या हटेर जान्छ।

आउ : आउ पर्दा पाकेको फललाई गुदी एक कप दुइ चम्चा चिनिसंग मिसाएर खाने गर्दाले आउ परेको निको हुन्छ।

दम : दमको समस्या भएका विरामीहरुले बिहान उठेर ३/४ वटा बेलको पात ३/४ वटा मरिचसंग चपाउने गर्नाले फाइदा गर्छ -

सुचना तथा मनोरञ्जनको सम्वाहक