होन्डुरसमा भएको एक फुटबल खेलमा दर्शक मैदान छिरेर गोल गरेपछि [भिडियो हेर्नुहोस्]

होन्डुरसमा भएको एक फुटबल खेलमा दर्शक मैदान छिरेर गोल गरेका छन् । तर अचम्मको कुरो दर्शकले गरेको गोललाई रेफ्रीले वैधानिकता पनि दिएका छन् । गएको आइतबार राति होन्डुरस लिगमा ओलम्पियाले रोजर रोजासको गोलमा अतिरिक्त समयमा मोटाग्युविरुद्धको खेललाई २–२ गोलको बराबरीमा ल्याएको थियो । 
ओलम्पियाका खेलाडी रोजरले बल अगाडि बढाउदै गर्दा ओलम्पियाका एक समर्थक मैदान छिरे ।  मैदान छिरेका समर्थक आफैंले बल बोकेका थिए । आफूले बोकेको बल विपक्षी खेलाडीलाई छक्याउँदै पोस्ट नजिक लिएर गए र गोल हाने ।

क्लब समर्थकले गरेको गोलको विरोध मोटाग्यु क्लबका खेलाडीले गरेपनि रेफ्रीले उनीहरूको कुरा सुनेनन् र दर्शकले गरेको गोललाई बैधानिकता दिए । दर्शकको गोललाई बैधानिकता दिएपछि मैदानमा केहीबेर निकै तनाव भएको मार्का अनलाइनले जनाएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक