कुकुरले किन गर्छ ? बिजुलीको खम्बा वा गाडीको टायरमा पिसाब

एजेन्सी, हामी सबैले कुकुरले बिजुलीको खम्बा वा गाडीको टायरमा पिसाब गरेको देखेका छौ । तर कुकुरले किन बिजुलीको खम्बा वा गाडीको टायरमा पिसाब गर्ने गर्दछ त्यो भने कमै मात्र मानिसलाई थाहा हुनसक्छ । हामी सबैलाई थाहा छ कुकुर प्राय मानिस प्रति सधै बफादार हुने गर्दछ । अन्य जनावरको तुलनामा कुकुर सामाजिक पनि हुने गर्दछ ।
बिजुलीको खम्बा वा गाडीको टायरमा पिसाब गर्नुको कारण भनेको अरु कुकुरका लागि आफु यो स्थानमा रहेको गन्ध मार्फत जानकारी दिनका लागि गरिएको एक रिपोर्टमा भनिएको छ । अनौठो कुरा त के छ भने उनीहरुले अन्य कुकुरको नाकको उचाई पुग्ने स्थानमा मात्र  पिसाब  गर्ने गर्दछन । पिसाबको गन्ध क्षितिज सतह भन्दा वर्टिकल सतहमा रहने गर्दछ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक