एभर्टनले मिडल्सबर्गलाई ६–३ ले हरायो

एभर्टनले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले मिडल्सबर्गलाई ६–३ ले हरायो । लिगमा एभर्टन लगातार सात खेलमा अपराजित छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई प्रभावशाली जित दिलाउन रामेलु लुकाकु महत्वपूर्ण रहे । उनले चार गोल गरे । लुकाकुले पहिला मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । उनले खेल सुरु भएको ३० सेकेण्डमा नै गोल गरे । लुकाकुले यो सिजन प्रिमियर लिगमा सबै भन्दा छिटो गोल गर्ने चेल्सीका पेड्रोको कीर्तिमानसँग बराबरी गरेका छन् । पेड्रोले म्यानचेस्टर युनाइटेडसँगको खेलमा ३० सेकेण्डमा गोल गर्दै कीर्तिमान बनाएका थिए । २९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका लुकाकुले ८४ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । एभर्टनका लागि २३ औं मिनेटमा जेम्स म्याककारथी र इन्जुरी समयमा रोस बार्कलीले गोल गरे । मिडिल्सबर्गका लागि जोशुए किङले दुई तथा ह्यारी आर्टरले एक गोल गरे । जितपछि सातौं स्थानको एभर्टनको २४ खेलबाट ४० अंक भएको छ । २१ अंकसहित मिडल्सबर्ग १५ औं स्थानमा छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक