इजिप्ट गाबोनमा जारी अफ्रिका कप अफ नेशन्सको फाइलनमा

इजिप्ट गाबोनमा जारी अफ्रिका कप अफ नेशन्सको फाइलनमा पुगेको छ । बुभबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ४–३ ले हराउँदै इजिप्टले फाइनलमा स्थान बनाएको हो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णाय टाइब्रेकरबाट लिइएको हो । ६६ औं मिनेटमा सालहको गोलबाट इजिप्टले अग्रता लियो । तर ७३ औं मिनेटमा बुर्किना फासोका लागि बान्सेले बराबरी गोल गरे । टाइब्रेकरमा इजिप्टलाई जिताउन ४४ वर्षका गोलरक्षक एसाम एल हाडरी नायक बने । उनले बुकिर्ना फासोका दुई पेनाल्टी प्रहार जोगाएर टिमलाई ४–३ को जित दिलाए । इजिप्टले उपाधिका लागि क्यामरुन र घानाबिच हुने सेमिफाइनलको विजेतासँग खेल्नेछ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक