दुबईमा "फेसन फ्युजन” हुँदै

मरभुमिको देश भनेर चिनिने दुबईमा पहिलो पटक नेपाली पोसाकको प्रोत्साहन गर्नको लागि "फेसन फ्युजन” नामक फेसन शो हुने भएको छ । दुबईमा बस्दै आएका नेपालीहरु तथा रोयल आइल्याण्ड जनरल ट्रेडिङ्ग र छेपारो डटकमले आयोजना गरेको "फेसन फ्युजन” मा नेपाली पोसाकलाई फ्युजन गरि आधुनिक तरिकामा देखाउन लागिएको छ ।
"फेसन फ्युजन” मा गायक हेमन मोक्तानको प्रस्तुति र शो स्टपरको रुपमा मिस नेपाल २०१४ सुबिन लिम्बुको उपस्थिति सहित चर्चित नेपाली नायीकाहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतको समेतको उपस्थिति रहने छ। "फेसन फ्युजन" फेब्रुअरी १० तारिखका दिन बर दुबईको फोर पोइन्ट्स बाई शेराटोन होटलमा हुने छ। यस "फेशन फ्युजन" कार्यक्रममा मृगतृष्णा फेसन हाउस नेपालकी संचालिका तृष्णा गुरुङले डिजाइन गरेका पहिरनमा यूएईमा कार्यरत मोडेल र बालबालिकाहरु लाई र्याम्पमा उतारिन लागिएको छ। "फेसन फ्युजन” को कोरियोग्राफी साबित्रा खत्रीले गर्नेछिन् ।
दुबईमा नेपाली फेसन शो पहिलो पटक हुन लागेको र यसले भिन्न छाप छोड्ने आयोजकले बताएको छ। नेपाली पहिचान र नेपालीपनलाई प्रबर्द्धन गर्ने हेतु ले आयोजना गरिएको यस कार्येक्रममा नेपालीहरुले बाक्लो उपस्थिति सहित सहयोग गर्ने अपेक्षा राखेको छ। 

सुचना तथा मनोरञ्जनको सम्वाहक