विश्व फुटबल वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

विश्व फुटबल वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा पुगेको छ ।  
दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ । माल्दिभ्स ५ स्थान उक्लिएर १ सय ४० आँै स्थानमा पुगेको छ । अफगानिस्तान (तेस्रो स्थान) वरियतामा १ सय ५१ स्थानमा छ । नेपाल भन्दा तल भुटान १ सय ७७, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९८ औँ स्थानमा छन् । फिफा वरियताको शिर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् ।  
उत्कृष्ट १५ देश 
अर्जेन्टिना 
ब्राजिल 
जर्मनी 
चिली
बेल्जियम
फ्रान्स
कोलम्बिया 
पोर्चुगल 
उरुग्वे
स्पेन
स्वीट्जरल्याण्ड
वेल्स 
इंग्ल्याण्ड
पोल्याण्ड
इटाली 

सुचना तथा मनोरञ्जनको सम्वाहक