GNK अब नेपालमा, जापानको यात्रा सहज हुने बिस्वास

जापानमा न्युन जन्मदर सँगै जनसंख्या वृद्धिदर घटिरहेको छ। यसको प्रत्यक्ष असर जापानका सबैखाले कम्पनीहरूमा परेको देखिन्छ। बिस्वमा द्रुतगतिमा बिकास भईरहेको जापानलाई कम्पनीको माग अनुसारको कामदार दिन नसक्नु मुख्य समस्या बन्दैआएको छ। २०२० अोलम्पिक नजिकिंदै जाँदा जापानी कम्पनीहरुले आफ्नो शाखा बिस्तारको क्रमलाई बृद्वि गरिरहेको छ । यनैकुराहरुलाई मध्यनजर गर्दै कम्पनीमा कामदारको संख्या अभाव हुननदिन जापान सरकारले विद्यार्थीको रुपमा बिदेसी नागरिक भित्र्याईरहेको छ। तर पनि अप्ठ्यारो जापानिज भाषा र टिपिकल जापानिज संस्कृतिका कारण विदेशी नागरिकलाई जापानमा सजिलोभने छैन। जापानिज भाषाको ज्ञान बिनानै जापान जानु, जापान गएरपनि भाषा तथा जापानिज सँस्कृतिलाई ध्यान नदिंदा बिदेसी बिद्यार्थीहरु समस्या बोक्न बाध्य छन् । उत्त समस्या लाई मध्यनजर गर्दै विश्ववबजारमा सफलरुपमा   सञ्चालन् भइरहेको GNK(ग्लोबल निहोन्गो केन्ताइ) नामक जापानिज भाषा परीक्षा केन्द्र नेपालमा सञ्चालनमा आउने भएको छ। चिन, भारत, भियतनाम, इन्डोनेसिया लगाएतका एसियन मुलुक तथा 
युरोप तथा अमेरिकन मुलुकहरुमा सञ्चालन् भइरहेको जापानिज भाषा परीक्षा केन्द्र (GNK), आफ्नो देशको घट्दो जनसंख्या बृद्विदरका कारण कम्पनीहरुमा देखिएको दक्ष जनशक्तिको अभावलाइ विदेशबाट नै भाषाको दक्षता प्रदान गरि वजारमाग पुरा गर्न तथा आफ्नो संस्कृतिलाइ बिस्वभर चिनाउन GNK सञ्चालनमा ल्याइएको हो भन्छन् यसका प्रमुख  श्री हान्दा जेंजो। जापान सरकारको पुर्व परराष्टॄ मन्त्री भइसकेका तथा हालका सिनेट सदश्य श्री इसीइ इचिजी एसका प्रमुख बेवस्थापक हून । पछिल्लो समय नेपाली बिध्यार्थीहरु जापान आउनेक्रम बढीरहेको र भाषाको अज्ञानताले उत्पन्न हुँदैआएको जापान बसाईका कठिनाई तथा त्यसले उत्पन्न गराउने आत्महत्या सम्मका समस्यालाई GNK ले केहिहद सम्म हल गर्ने विस्वास लिइएको छ। GNKबर्षमा ४ पटक सञ्चालन् हुनेछ भने नेपालकालागी पहिलो परिक्षा यही बर्षको में महिनाबाट सञ्चालनमा आउनेछ । उक्त परिक्षाको सञ्चालन तथा ब्यवस्थापन माउन्ट रोयल कम्पनीले गर्नेछ भने पर्यवेक्षण जी एन के आफैंले गर्नेछ। जापानीज बजारमा भाषामा दक्ष नेपाली विध्यार्थी पठाउन GNK सक्षम् रहने बिस्वास् राख्छन् माउन्ट रोयलका अन्तराष्ट्रीय ब्युरो संयोजक गणेश विष्ट।

सुचना तथा मनोरञ्जनको सम्वाहक