उदयपुर गोल्डकप : झापा ११ लाई हराउँदै रुपन्देही ११ सेमिफाइलनमा

झापा ११ लाई हराउँदै रुपन्देही ११ उदयपुर गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । उदयपुरको गाइघाटमा रहेका थरुहट रंगशालामा रुपन्देहीले झापालाई सडन डेथमा हराएको हो । यसअघि निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । सोमबार हुने पहिलो सेमिफाइनलमा मोरङ ११ र संकटा क्लवबिच खेल हुनेछ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक