उदयपुर गोल्डकप : फाइनलमा रुपन्देही र मोरङ ११

उदयपुरको गाईघाटमा जारी चौथो उदयपुर गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा रुपन्देही ११ ले हिमालयन शेर्पा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।  
फाइनलमा शनिबार रुपन्देहीले र मोरङ ११ सँग खेल्नेछ । मोरङले सोमबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । 
मंगलबार खेलको २० औं मिनेटमा रुपन्देहीका अमर डंगोलले पहिलो गोल गरेका थिए । ३७ औं मिनेटमा रुपन्देहीकै तर्फबाट दिपक राईले एक गोल थपे । खेलको ८३ औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले एक गोल फर्काएका थिए । 
इन्जुरी समयमा रुपन्देहीका दिपक राईले गोल गरेर खेल ३–१ को स्थितिमा थियो । इन्जुरी समयमै शेर्पाका एलेक्सले गोल गरे र खेल ३–२ को स्थितिमा सकियो । टिमका लागि निर्णायक गोल गर्न सफल रुपन्देहीका दिपक राई म्यान अफ दि म्याच भए ।

सुचना तथा मनोरञ्जनको सम्वाहक