ग्यास्ट्रिक कम गर्ने घरेलु उपायहरु

एजेन्सी - पछिल्लो समय ग्यास्ट्रिकले नपिरोलेको मानिस विरलै पाईन्छ । असन्तुलित खानपिन र व्यस्त जीवनशैलीले यसलाई बढवा दिईरहेको छ । हरेक घरपरिवारमा एकजना सदस्य ग्यास्ट्रिक समस्याबाट पीडित नै हुन्छन् । यति मात्र होइन, आममानिसहरुको समस्या बन्दै गएको छ, ग्यास्ट्रिक । यी समस्याबाट छुट्कारा पाउन मानिसहरु अनेकौं उपाय अपनाए पनि निको नभएको गुनासो पनि सुनिन्छ । यो समस्याबाट छुटकारा पाउन पीडितहरुका लागि चिकित्सकले घरेलु उपायहरु अपनाउँन सुझाव दिएका छन् ।


चिकित्सकहरुका अनुसार यी घरेलु रोकथामका उपायले ग्यास्ट्रिकलाई निकै कम गर्न सकिन्छ स्
( सर्वप्रथम ग्यास्ट्रिकलाई कम गर्न सन्तुलन भोजनको आवश्यकता पर्दछ । बढि पिरो, अमिलो, चिल्लो खानेकुराहरुबाट टाढा बसे ग्यास्ट्रिक कम हूँदै जान्छ ।


( नियमित रुपमा तुलसीको पातको चिया बनाएर पिउने गर्नाले ग्यास्ट्रिकबाट राहत पाउन सकिन्छ ।


( पेप्सी, कोका–कोला र रेड–बुल जस्ता पेय पदार्थहरु पिउने बानीलाई कम गर्दा निकै राम्रो मानिन्छ ।


( चिनी नमिसाइएको गाईको दुध पिउनाले पनि अमिलो डकार आउने, पेट पोल्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।


( खाना खाने वित्तिकै सुत्न नहुने चिकित्सकहरुको सुझाव छ । यो खराब बानी मात्र होइन, यसले धेरै घातक समस्याहरु पनि निम्त्याउँन सक्छ । खाना खाएको करिव २ घण्टापछि सुत्ने बानी बसाल्नुपर्छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक