मुटु स्वस्थ राख्न यस्ता कुराहरु नियमित खाने गर्नुहोस् ।

चिल्लोजन्य खोराक प्रसस्त मात्रामा खाने गर्नुहोस् तर अशुद्ध चिल्लोजन्य खानेकुराबाट परै बस्नुहोस् । चिल्लोको बारेमा सबैबिच एउटा गलत समझदारीको जालोले बसोबास गरेको छ । तसर्थ हामी के सोच्छौं भने यसले हाम्रो स्वास्थमा नकारात्मक असर पुर्याउँछ र कुनै संकोच नमानिकन चिल्लोलाई हामीले आफ्नो खोराकबाट अलग्गै राख्नुपर्छ भन्ने आम धारणा नै बनिसकेको छ ।

यद्धपि, सत्यता त के हो भने कतिपय जैबिक चिल्लो पदार्थ तपाईको शरीरलाई फिट राख्नका लागि अति आवश्यक हुन्छ । हुनत कतिपय चिल्लोजन्य खानेकुराबाट परै बस्न पनि आवश्यक छ किनकि त्यस्ता खानेकुरा स्वास्थका दृष्टीले अति हानिकारक हुन्छ । कतिपय अवस्थामा हामीले आफ्नो शरीरलाई आवश्यक पर्ने चिल्लोजन्य खोराकलाई डायटमा समाबेश गर्दैनौ जुन अति खराब सोचाई हो ।

अर्को के पनि जान्न आवश्यक छ भने कम चिल्लो जन्य खोराक सफलताका साँचो पनि हो जसलाई सबै पोषणबीद तथा फिटनेश प्रशिक्षकहरु विश्वास गर्छन् । हाम्रो शरीरलाई चिल्लो तथा बोसोको आवश्यक पर्छ किनकि यस्ता चिल्लोहरु संतुलित भोजनको एक हिस्सा हो । तसर्थ कम मात्रामा चिल्लो जन्य खाद्ध पदार्थहरुले हामीमा भोक जगाउछ । चिल्लोका कारण हाम्रो छाला बालकको जस्तै नरम हुन्छ र शरीरमा आवश्यक चिल्लो एसीड पूर्ती गर्छ जसका कारण शक्ति प्रदान हुन्छ ।

संतुलित चिल्लो र असंतुलित चिल्लो बिच फरक :

माथी उल्लेखित जानकारी अनुसार चिल्लो सेवन स्वास्थका लागि लाभदायक छ भन्ने निर्णयमा हामी पुगिसकेका छौं तर त्यसका लागि हामीले उचित चिल्लो पदार्थको पहिचान गर्न अति आवश्यक छ ।

हामी मध्ये धेरै जनाले चिल्लोपना कार्बोहाइड्रेटको माध्यमबाट प्राप्त गर्छौं अनि स्वस्थकर चिल्लोपना बाट पाइने फाइदाहरु भने पाइरहेका हुँदैनौ ।

मुख्यगरि चिल्लोका दुई मुख्य बिभागहरु छन् स् पहिलो स्याचुरेटेड र अर्को भनेको अनस्याचुरेटेड हो । स्याचुरेटेड फ्याट जनावरजन्य खानेकुराहरु जस्तै मासु, दुध तथा दुधजन्य उत्पादनहरु, चिप्स, पेस्टी्रजहरुमा पाइन्छ भने अनस्याचुरेटेड फ्याट चांही बदाम, एभोकाडो, जैतुन तथा सब्जीजन्य तेलहरु, माछा, काजु लगायतमा पाइन्छ ।  तर यी दुई प्रकारका चिल्लो पदर्थहरु मध्ये अनस्याचुरेटेड फ्याट हाम्रो शरीरका लागि राम्रो हो जसले कोलोस्ट्रोल लेभललाई तल झार्न मद्धत पुर्याउँछ ।

यसको विपरित स्याचुरेटेड फ्याट हाम्रो शरीरको लागि हानिकारक छ यदि यसको मात्रा धेर भयो भने किनकि यि खाद्ध पदार्थहरुले कोलोस्ट्रोलको लेभलमा बृद्धि गर्छ र मोटोपना निम्त्याउँछ ।

समग्रमा भन्नुपर्दा, हामीले सेवन गर्ने खोराकमा उपयुक्त कोलस्ट्रोल हुनु आवश्यक छ  र खराव कोलस्ट्रोलको मात्रा घटाउनु पर्छ फलस्वरुप मुटुजन्य समस्या, मोटोपना जस्ता समस्याहरुले हामीलाई आक्रमण गर्न सक्तैन ।

सात प्रकारका खानेकुराहरु जसमा अनस्याचुरेटेड फ्याटको मात्रा उपलब्ध छ :

१. अण्डा

ओमेगा(३ एसिडको मात्रा अण्डामा अधिक पाइने भएकोले यसलाई आफ्नो डायटमा समोवेश गर्न अति आवश्यक छ किनकि यो नियमित रुपमा सेवन गर्नाले स्वस्थ जिवन यापन गर्न सकिन्छ ।

२. जैतुनको तेल

यसमा स्वस्थकर चिल्लोको मात्रा अत्यधिक हुन्छ । बटर, बेकिङका सट्टामा यसको प्रयोग गर्नुहोस् । सलादमा एक चम्चा जैतुनको तेल समावेश गर्नाले सलाद अति स्वस्थकर हुनपुग्छ ।

३. सागसब्जीहरु

सलगम, टुसा पलाएका गेडागुडीहरु र गाढा हरियो सागसब्जीहरुमा प्रसस्त मात्रामा संतुलित चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पाइन्छ ।

४. माछा

ओमेगा-३ फ्याटी एसिडका लागि माछालाई उपयुक्त स्रोत मानिन्छ जुन हाम्रो स्वास्थका लागि अति लाभदायक छ । माछा सेवन गर्नाले मुटुजन्य समस्याहरु र उच्च कोलोस्ट्रोलबाट छुटकारा पाइन्छ । माछा खानेहरुको दिमाग स्वस्थ र तिखो पनि हुन्छ ।

५. बिउहरु

कतिपय गेडाहरुमा प्रसस्त मात्रामा उपयुक्त चिल्लो पदार्थ पाइन्छ । आलसको गेडा, सूर्यमुखी फूलको बिउ, फर्सीको बिउ, तीलको गेडा लगायतलाई स्वस्थकर चिल्लोको स्रोत मानिन्छ । यी गेडाहरु सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । यी गेडाहरुलाई आफ्नो खानामा छर्किएर पनि खान सक्नुहुन्छ ।

६. बदामहरु

बदामजन्य खानेकुरालाई पनि संतुलित फ्याटको स्रोत मानिन्छ । यीनिहरु मध्ये बदाम र ओखरले उच्च कोलस्ट्रोललाई कम पार्नुका साथै मुटुजन्य समस्याहरुबाट परै राख्छ ।

७. एभोकाडो

यो हरियो फल स्वादिलो हुनाका साथै फाइदाजनक पनि छ । जस्तै, यसमा प्रसस्त मात्रामा स्वस्थकर फ्याट हुनुका साथै क्यालोरि पनि उपलब्ध हुन्छ । अन्य खानेकुरा सँगै यो फल पनि सेवन गर्नाले खानाबाट पोषण प्राप्त गर्न सकिन्छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक