गायक हेमन मोक्तान आज दुबई प्रस्थान

गितसङित भन्दापनि बढी समय बालबालिकाहरुको हितमा सधै अग्रसर भईरहने युवा गायक हेमन मोक्तान आफ्नु गायन सङै बिगत लामो समयदेखि असहाय, बिप्पन, आर्थिक स्थिति कमजोर भएका  बालबालिकाहरुको शिक्षा र स्वस्थ्यको क्षेत्रमा सक्रिय हेमन मोक्तान आज यिनै बालबालिकाहरुको शिक्षाको लागि सहयोग जुटाउन हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ हुने कार्यक्रममा सहभागी हुन आज दुबई प्रस्थान गर्दै हुनुहुन्छ । साथमा चर्चित नायिकाहरु पुजना प्रधान , रजनी के सी, बर्षा राउत पनि रहने छ।छेपारो डटकमको आयोजनामा चर्चित फेसन डिजाइनर तृष्णा गुरुङको सोलो फेसन फ्युजन रहने यस शोमा दुबईमा कार्यरत नेपाली मोडेल तथा बालबालिकाहरुलाई र्यम्पमा उतार्ने छ । साथै मिस नेपाल सुबिन लिम्बू नायिका पुजना प्रधान , राजनी के सी , र बर्षा राउत सोज टपरको लागि उपस्थिति रहने छ । भोलि १० फेब्रुअरी शुक्रबारको दिन साझ ७: ०० बजे बर दुबई स्थित फोर प्वाईन्ट्स बाई शेराटोन होटेलमा कार्यक्रम हुने आयोजक टिमले सार्वजनिक गरेको छ ।

,

सुचना तथा मनोरञ्जनको सम्वाहक