तातोपानीले नुहाउँदा ध्यान दिनु पर्ने कुराहरु

जाडो समयमा ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यसरी नुहाउने क्रममा त्यसको वाफवाट निसास्सिएर बेहोस भएका घटनाहरु पनि धेरै छन् । त्यसैले तातोपानीले नुहाउँदा यी कुरामा ध्यान दिन आवश्यक छ :


–तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ ।


–चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ ।


– निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ ।


–नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक