९ फोटो पछाडि जोडिएको डरलाग्दो कहानी । पढ्नुहोस

एजेन्सी, फोटो पुराना यादहरुलाई संग्रह गर्नका निमित्त खिचिन्छन्  धेरैजसो हामी रमाइलो क्षणमा फोटो खिच्न मन पराउँछौं तर कुनै फोटो यस्ता हुन्छन् जसको पछाडिको कहानी निकै डरलाग्दो हुन्छ जसले सबैको मुटु कपाउँछ । आज हामी तपाईंलाई त्यस्तै फोटो देखाउँदै छौं ।


१) तीन दिनसम्म यहाँ फसिन् यी किशोरी, सबैको अगाडि भयो मृत्युः

सन् १९८५ मा इन्डोनेसियामा भएको ज्वालामुखी बिस्फोटमा अर्मेरो शहर ध्वस्त भएको थियो । त्यही ज्वालोमुखीको लाभामा फसिन् १३ वर्षीया किशोरी ओमायरा सांचेज गर्जों । ती किशोरीको खुट्टा नकाटीकन उनलाई उक्त लाभाबाट निकाल्न असम्भव थियो । त्यहाँ उपस्थित डाक्टरहरुसँग आवश्यक स्रोत साधन थिएन । त्यसकारण उनलाई मर्नका लागि छोडिदिने निर्णग गरियो । ६० घण्टासम्म यी बालिका आफ्नो मृत्युको प्रतिक्षा गरिरहिन् । अन्तिम अवस्थामा उनको फोटो यस्तो थियो ।


२) जमिनभन्दा थुप्रै फिटमाथि अचानक भयो मृत्युः

सन् २०१३ को अक्टोबरमा नेदरल्याण्डमा एक विन्ड टरबाइनको मर्मत गर्दागर्दै तयसमा आगो लाग्यो । त्यतिबेला दुई इन्जिनियर टरबाइनमाथि थिए । आगो लागेका कारण दुबैले त्यहाँबाट हाम फाले । तर निकै माथिबाट खसेर कारण उनीहरुको मृत्यु भयो । यस्तै अर्का व्यक्तिको भने आगो लागेका कारण मृत्यु भयो ।


३) जब अचानक क्यामरामा कैद भयो आत्महत्याको घटनाः

चीनको वुहान यांगतजे नदीमा बनेको पुलको किनारामा मानिसहरु कुरा गर्दै थिए । त्यहाँ उपस्थित रहेका एक व्यक्तिले फोटो खिचिरहेका थिए । फोटो खिचेपछि उनले एउटा फोटोमा छायाँजस्तो देखे । वास्तवमा, अन्जानवश यो फोटोमा एक व्यक्तिको आत्महत्यको घटना कैद भएको थियो ।


४) जब मानिसले भरिएको पुलमा हालियो एसिडः

यो तस्बिर सन् १९६४ मा कैद गरिएको हो । होटल मालिक पूलमा नुहाइरहेका नेग्रो मानिसहरुमाथि एसिड हालिरेहको फोटोमा देख्न सकिन्छ । मानिसहरु चिच्याइरहेको देख्न सकिन्छ ।


५) पार्किङमा भेटियो यो फोटो, तर फोटोका मानिस कहिले भटिएनन्ः

सन् १९८९ मा फ्लोरिडाको एक स्टोरको पार्किङमा यो फोटो भेटिएको थियो । तर यो फोटोमा रहेका मानिस को थिए भन्ने कहिले पत्ता लागेनन् । फोटोमा देखिएकी युवती १९ वर्षकी तारा क्यालिको भएको केहीले बताए जसलाई सन् १९८८ पछि उनीहरुलाई कसैले पनि देखेनन् । यो फोटो बाहेक उनीहरुलाई कहिले देखिएन ।


६) जब प्लेनबाट यी व्यक्तिले लगाए छलाङः

सिड्नीबाट उडान भरेको जापान एयरलाइन्सको यो फ्लाइटमा एक व्यक्ति टिकट बिना नै बसेका थिए । पछि अचानक उनले उडान भरिसकेको फ्लाइटबाट छलाङ लगाए । टाढा रहेका व्यक्तिको क्यामराको उनको अन्तिम छलाङ कैद भयो ।


७) मृत्युलाई हाँस्दै अंगालो हालेः

अनुहारमा मुस्कान लिएर उभिएका यी व्यक्तिको मृत्यु केही सेकेन्डमात्र टाढा थियो । अमेरिकीले रुसका यी जासूसलाई पक्राउ गरेका थिए र गोली हान्न लागेका थिए । तर उनको अनुहारमा कुनै पीडा थिएन । आफ्नो अन्तिम तस्बिर उनले हाँसेरै खिचे ।


८) कैद गरे आफ्नै मृत्युः

यो फोटो रेय्नाल्डो दस्गा नामका एक व्यक्तिले खिचेका थिए । आफ्नो परिवारको तस्बिर खिच्दै उनले आफ्नो मृतयुलाई क्यामरामा कैद गरे । फोटोमा देख्नसक्नुहुन्छ एक व्यक्ति बन्दुक तेर्साइरहेका छन् । ती व्यक्तिले नै रेय्नाल्डोलाई गोली हानेका थिए । 


९) रुसमा बस्ने २२ वर्षीया जूलिया पोपोवको यो तस्बिरले निकै भयानक देखिन्छ । सन् २००८ मा उनको अगाडि डकैती गरिएको थियो । त्यतिबेला उनी यति डराएकी थिइन् कि उनी निकै आत्तिदै आफ्नो घर फर्किइन् । घर पुगेपछि उनलाई थाहा भयो कि उनको गर्धनमा लुटेराहरुले ६ इन्चको चक्कु प्रहार गरिदिए । जूलिया अस्पताल गएपछि उनको यो तस्बिर खिचिएको हो । डाक्टरले निकै मुश्किलले जूलियाको ज्यान बचाएका थिए । १० दिनसम्म अस्पतालमा बिताएपछि जूलिया घर फर्कन सकिन् ।

सुचना तथा मनोरञ्जनको सम्वाहक