केदार उप्रेतिको "कसम" चाडै बिमोचन हुदै..

राकेश काफ्ले / बहुर्प्रतिभाका धनी,नेपाली भाषी भूटानी कलाकर्मी, युवा गीतकार केदार उप्रेतिको एकल शब्द/रचनाहरू र भरत तामाडको एकल संगीत रहेको गीति एल्वम चाडै बिमोचन हुने जानकारी प्राप्त भएको छ। हाल अमेरिकाको Texas राज्यको fort worth शहरमा बस्दै अाउनु भएका युवा गीतकार केदार उप्रेति,राम उप्रेति र बिष्णु उप्रेतिका,कोखबाट भूटानको चिराडमा जन्मिनु भएको हो । 
  
केदार उप्रेतिले निर्माण,निर्देशन तथा अभिनया गरेका चलचित्रहरू; झुपडीको जिन्दगी,टुक्रिएको मुटु,भाग्यको खेल, अस्तित्वको लडाइँ, तलास,प्ले ब्वाई,नशा,पबित्र बन्धन,वेल्कम ब्याक, पुनर्मिलन आदि हुन भने सत्र भन्दा बढी म्यूज़िक भिड़ियोमा कुशल निर्देशकको भूमिका निभाई सकेका छन्।
वहाँद्वारा निर्देशित/अभिनित चलचित्र तथा म्यूज़िक भिडियोले अहिलेसम्म दर्शकको मन जित्न सफल भएको हामी पाउछौ।

१९९२ सालमा भूटानबाट जबरजस्ती सपरिवार देश निकाला गरिएका उप्रेति दुई दशक लामो शरणार्थी जीवन विताएर अमेरिका पुनरबास हुनु भएको हो । फिल्मी शिक्षामा भारतको उत्तम कुमार फिल्म स्कुल बाट  स्नातक हासिल उप्रेति मिलनसार, सहनिशल निष्ठावान र मेधावी ब्यक्तित्वोको रूपमा कहलिनु भएको छ।


जीवनमा सामाजिक तथा परिवारिक गरी विभिन्न संघर्षशिल कथा भोग्नु भएका उप्रेति विगतका अनुभूतिहरूलाई शब्दमा कैद गर्दै "कसम" गीति एल्बम प्रकाशन गर्न लाग्नु भएको हो । उक्त एल्बममा सात समसामयिक आधुनिक गीतहरू रहेको गीतकार उप्रेतिले बताउनु भयो ।यस एल्वमका सबै गीतहरू कलाकर्मी/संगीतकार भरत तामङले गर्नु भएको हो भने स्वर,मखमली स्वरकी धनी गायिका देउका भण्डारी र गायक/संगीतकार भरत तामङको रहेको छ।गीतकार उप्रेतिले बताउनु भो। CDM Music Creation ले बजारमा ल्याएको यस एल्बम प्रकाशनमा,मणि धिमाल,निर्मला धिमाल,चन्द्र सिटौला,कृष्ण शर्म,डि.बी घलेको सहयोग रहेको कुरा पनि कुराकानीको क्रममा गीतकार उप्रेतिले बताउनु भो।
(१)तिम्रो लचक लचक चालल..बोलको गीतको संगीत संयोजन साहस सांख्य (२)लजाई-लजाई...बोलको गीतको संगीत संयोजक गोपाल रसाइली (३) धननै रहेछ...बोलको गीतको संगीत संयोजक कुमार थापा (४)दुई दिने चोला जीवन...बोलको गीतको संगीत संयोजक बि.बि अनुरागी (५)सोह्र पुगी सत्र...बोलको गीतको संगीत संयोजक साहस सांख्य र (६)यो मन भन्छ नि...बोलको गीतको संगीत संयोजन गोपाल रसाइली  ले गर्नु भएको हो,यस एल्वमका एकल संगीतकार भरत तामाङले बताउनु भो।दुइ दिने चोला..बोलको गीत,गायक/गायिका दुबैको स्वरमा रहेको पनि जानकारी गराउनु भो।

"शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी बिकाश गरिरहेका छन । भूटानीहरूको साहित्य,संगीत र समाज जता पनि माहोल मर्दैछ दिनदिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन्। त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य, संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा आसावादी हुन सकिन्छ ।" 

 कलाकारिताको क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा गीतकार केदार उप्रेतिको यो प्रथम एकल गीति एल्वम हो।क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन्।
    

त्यसो त  सन १९८०को दशकमा भूटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिकका विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानमबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गराएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।     
        
  गीतकार केदार उप्रेतिको प्रथम गीति एल्वम,"कसम",उदयमान संगीतकार भरत तामाडको प्रथम एकल संगीत र सुमधुर आवाजकी धनी गायिका देउका भण्डारी र गायक भरत तामाडलाई सफलताको अग्रिम शुभकामना।

सुचना तथा मनोरञ्जनको सम्वाहक