संगीतमा जम्दै उमेश

संचारकर्ममा क्रियाशिल उमेश लामा पछिल्लो समय संगीतकर्ममा पनि व्यस्त बन्न थालेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको माया चोखो छ बोलको गीत सार्वजनिक भएसंगै उनी संगीतमा व्यस्त बन्न थालेका छन् । विशेषगरी पछिल्लो पुस्ताले रुचाउने खालका संगीत सृजना गर्न माहिर लामाको भर्खरै नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । खै तिला (खै के भो) बोलको गीतमा उनले संगीत भरेका छन् भने र्यापपनि स्वयं लामाले नै गाएका छन् । आफ्नै शोले एल्बमको तयारीमा रहेका लामाले हालसम्म विभिन्न कलेक्सन एल्बमका लागी दुई दर्जन गीतमा संगीत भरिसकेका छन् । 

भिडियोलाई अहिलेका व्यस्त युवा निर्देशक प्रेम लामा शाईनले निर्देशन गरेका छन् । गीतमा स्वर अजय लामाको रहेको छ भने संगीत संयोजन सुन्दर लामाको छ । भिडियोलाई अरुण न्यौपानेले खिचेका हुन् भने सन्तोष राजबाहकको कारियोग्राफी रहेको छ । भिडियोमा विकाश ज्ञवालीको सम्पादन र कमल सिंह र राहिनी लामाको अभिनयलाई हेर्न सकिन्छ । 
भिडियो


सुचना तथा मनोरञ्जनको सम्वाहक