दुर्गिश फिल्मस्को व्यानरमा चलचित्र लाउरे बन्ने

आस्था व्याण्डका गायक नरेन लिम्बु अब दुर्गिश फिल्म्सको व्यानरमा बन्न लागेको चलचित्र लाउरेमा मुख्य देखिने भएका छन् । गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई आज निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झैता समेत गरेका छन् । 

निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेष्ठ, विक्रम सिंह, मेरुना मगर, सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ । यस भन्दा अगाडि चलचित्र जेरीको एउटा गीतमा देखीएका नरेन अब भने लाउरेमा एउटा बलियो भूमिकामा देखीदै छन् । गायन क्षेत्रमा स्थापित भइसकेका उनि अभिनयको क्षेत्रमा पनि स्थापित हुन्छु भन्ने आत्मविस्वाका साथ लाउरेमा अभिनय गर्न लागेको बताए । 


यस चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाएका छन् । आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत रहने छ । चलचित्रलाई चैत्र १५ देखी काठमाण्डौं, धरान र दार्जलिङमा छायांकन हुने जनाइएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक