लिभरपुलले आफ्नो खराब प्रदर्शनको यात्रा रोक्न सकेन

लिभरपुलले आफ्नो खराब प्रदर्शनको यात्रा रोक्न सकेको छैन । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्षरत हल सिटीसँग सिटीसँग पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा हल सिटीले लिभरपुलाई २–० ले हराएको हो । हल सिटीको जितमा अलफ्रेड एन’डिएयी र उमार नाएसीले गोल गरे । ४४ औं मिनेटमा एन’डिएयीले गोल गर्दै पहिलो हाफमा हल सिटीलाई १–० को अग्रता दिलाए । ८४ औं मिनेटमा नाएसीले गोल गरेपछि हल सिटी २–० ले विजयी भयो । लिग तथा कपमा गरेर पछिल्ला पाँच खेलमा लिभरपुलको यो चौथो हार हो । हारपछि चौथो स्थानको लिभरपुलको २४ खेलबाट ४६ अंक छ ।२४ खेलबाट २० अंकसहित हल सिटी १८ औं स्थानमा उक्लिएको छ । लिभरपुल शीर्ष स्थानको चेल्सी भन्दा १३ अंकले पछि परेको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक