चलचित्र ''मधु मालती'' निर्माणको घोषणा

तारा शंकर फिल्म्सको ब्यानरमा चलचित्र मधु मालती बन्ने भएको छ। राजधानीमा पत्रकार भेट्घाट कार्यक्रम आयोजना गर्दै उक्त कुराको जानकारी दीइएको हो। शिशिर चालिसेको लेखेन तथा निर्देशनमा बन्नलागेको मधु मालतिमा अनुरूप पोखरेल, कुशुम नेपाल, सविना थापा, केशब भट्टराई, रुपा राणा लगायतको अभिनय रहनेछ। नवराज उप्रेतीको छायाङ्कन रहने मधु मालतीको सम्पादन प्रितम पाण्डेले गर्ने छन। दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत रहने चलचित्रमा मेलिना राइ, किरन गज्मेर, मिलन सुर्खेती, दावा दोर्जे लामा लगायतको स्वर रहने छ। चलचित्रका निर्माता शंकर कार्की हुन भने सह-निर्माता श्याम खड्का रहनेछन। १ करोड भन्दा बडी लागतमा बन्न लागेको चलचित्र हाश्य लभ स्टोरीमा आधारित रहने जानकारी निर्देशक शिशिर चालिसेले दिएका छन। चलचित्रको फागुन १५ गते देखी काठमाडौं। इलाम। हेलम्बु लगायतका ठाउँहरुमा  छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिएका छन।

सुचना तथा मनोरञ्जनको सम्वाहक