बोर्नमाउथलाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा बोर्नमाउथलाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो । २९ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको सिटीका जितका लागि संघर्ष भने गर्नु परेको थियो । गएको तीन खेलमा बेन्चमा रहेका सर्जियो अग्युरो यो खेलमा १४ मिनेटपछि मात्रै मैदान छिरेका थिए । गाब्रिएल जिसस चोटग्रस्त भएपछि अग्युरो मैदान छिरेका हुन् । ६९ औं मिनेटमा बोर्नमाउथका टाइरोन मिङ्गसले आत्मघाती गोल गरेपछि सिटी २–० ले विजयी भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको २५ खेलबाट ५२ अंक भएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक