गीत सार्बजनिक भए लगत्तै गायकको ज्यान मार्ने धम्कि (भिडियो सहित)

भर्खरै मात्रै बजारमा सार्बजनिक गरिएको गीत "नयाँ पार्टी " सार्बजनिक भए लगत्तै "नया पार्टी " युनिट तनाबमा परेको छ l  गीत सार्बजनिक गर्नु पूर्व समेत गायक मिलन बिसीलाई प्राइभेट नम्बर देखि कल गरि गीतमा समाबेश शब्द परिमार्जन गरेर मात्रै गीत बजारमा ल्याउन अनुरोध गरिएको थियो, तर गायकले आफुले बिध्यमान परिस्थितिमा जे जस्तो देखिएको छ सोहि अनुसारको शब्द आफुले गीतमा समाबेश गरेको  भन्दै कुनै हालतमा गीतका शब्द परिमार्जन नगर्ने भन्दै बेवास्था गर्दै गीतको छायांकन समेत सम्पन्न गरि भिडियो समेत बजारमा सार्बजनिक गरिएको थियो l तर सार्बजनिक पश्चात पनि अपरिचित व्यक्तिले कल गरि शोही कुरा दोहोर्याए पछि मिलन बिसीले यो कुरा सार्बजनिक गर्न बाध्य भएको बताउछन l गीतमा समाबेश "भारत" र "अख्तियार" भन्ने शब्दले केहि रिसिबी राख्ने तत्वले आफुलाई तनाब दिन खोजेको बताउछन l  सार्बजनिक गीतमा मिलन बिसी, यशोदा कार्की र राम गहतराजले स्वर दिएका छन् भने शब्द संगीत पनि मिलन बिसी र राम गहतराजकै रहेको छ  l अविरल फिल्मस्ले बजार ब्यबस्थापन गरेको भिडियो अविरल फिल्म्स कै युटुब च्यानल देखि सार्बजनिक गरिएको भिडियोलाई  बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन भने बुटवल का चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे माइल बा , शितल शर्मा , उज्वल गिरि लगायतको अभिनय रहेको छ l अपरिचित व्यक्ति बाट पटक पटक फोन धम्कि आए पछि आफुले यो कुरा सार्बजनिक गर्न बाध्य भएको मिलन बिसीले बताउछन, आखिर के छ त उनले तयार गरेको गीतमा त्यस्तो खालको शब्द जुन शब्दले तनाब सिर्जना गर्नु पर्ने ?? 
हेरौ सोहि भिडियो 

सुचना तथा मनोरञ्जनको सम्वाहक