गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको उत्कृष्ट आवाजमा ''पोखरा'' [भिडियो सहित]

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको आवाज रहेको पोखरा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस सार्वजनिक गीतमा एन. बि दाहालको शब्द र बिमल डाँगिको संगीत रहेको छ भने भिडियोलाई सुरेश दर्पण पोखरेले निर्देशन गरेका छन् । भिडियोमा गायीका स्वयं र छेवाङ रब्ग्ये ठकुरीको अभिनयलाई देख्न सकिन्छ ।

अमेरिकालाई कर्मथलो बनाउँदै आएकी बहुमुखि प्रतिभाकी धनी गुरुङले थुप्रै गुरुङ चलचित्रहरुमा आफ्नो उत्कृष्ट अभिनयकला दिईकसकेकी छिन् । तनहुमा जन्मिएकी उनी करिब १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।  गुरुङ चलचित्रको ‘उत्कृष्ट नायिका’को अवार्ड समेत हाता पारीसकेकी उनी अमेरिकन नेपाली कलाकार संघकी भाईस प्रेसीडिण्ट समेत रहेकी छिन् । 
भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक