म्यानचेष्टर युनाइटेडले सेन्ट इटियनलाई ३-० ले हरायो

जाल्टान इब्राहिमोबिचको ह्याट्रिकमा म्यानचेष्टर युनाइटेडले युरोपामा लिग फुटवलमा सेन्ट इटियन क्लबलाई हराएको छ । बिहीबार राति भएको युरोपामा लिग अन्तर्गतको दोस्रो राउण्डको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले सेन्ट इटियनलाई ३ शुन्यले हराएको हो । इब्राहिमोबिचले १५, ७५  र ८८ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलमा हावी भएपनि म्यानचेष्टर युनाइटेडले पहिलो हाफमा एक गोल मात्र गर्न सक्यो । पहिलो हाफसम्म म्यानचेष्टर युनाइटेडलाई दबाब दिइरहेको सेन्ट इटियन दोस्रो हाफमा निरिह बन्यो । जीत पछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले ‘सुरुवात खतरनाक गरे पनि पहिलो हाफसम्म खेलमा केन्द्रीत हुन नसकेको तर बिस्तारै खेलमा फर्किएकाले सहज जित हात पारेको प्रतिक्रिया दिए ।

सुचना तथा मनोरञ्जनको सम्वाहक