नेत्रहिन विश्वकप क्रिकट : नेपाल श्रीलंकासँग १ सय ३१ रनले पराजित

नेत्रहिन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटमा नेपाल आइतबार श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको छ । श्रीलंकाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएकोे नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सुनील थापा मगरले ३८ र कृतन श्रेष्ठले ३७ रन बनाए पनि  अन्य खेलाडीले गतिलो खेल्न सकेन््न । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । श्रीलंकाका सुरङ्गा सामपाथले १ सय ११ रन बनाए । ६ खेल खेलेको नेपाल ५ खेलमा पराजित भएको छ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक