शारीरिक अभ्यास नगरिकनै पेटको बोसोबाट छुटकारा पाउने उपायहरु

बोसोका कारण हामीहरु मध्ये धेरैजनाका लागि चिन्ताको विषय भएको छ । धेरै जनाको मुखबाट सुन्ने गरिन्छ यस्ता अनावश्यक बोसो तथा मोटोपनाबाट छुटकारा पाउनका लागि तरतरि पसिना आउने गरि शारीरिक अभ्यास तथा कुद्नु पर्छ । तर, बैज्ञानिकहरुले समेत सावित गरिसकेको नयाँ प्रबिधि अपनाएर कुनै पनि शारीरिक अभ्यास नगरिकनै पेटको बोसोबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धान ले के देखाएको छ भने हामीले सेवन गर्ने जथाभावी खाद्ध पदार्थ र हाम्रो आनीबानी तथा सुत्ने समयका बिच तालमेल नमिल्नाले हाम्रो भुँडीमा भएको खानाले उपयुक्त पाचन प्रक्रियामा समाहित हुन पाइरहेको हुन्दैन । तर प्राक्रितिक खोराक तथा उपयुक्त समायमा सुत्ने बानीको बिकास गरेको खण्डमा तपाईले आफ्नो पेटको आयतनलाई चाहेको आकारमा ल्याउन सक्नुहुन्छ ।

१. ओमेगा-३ प्राप्तहुने खानेकुरा खाने गर्नुहोस्

शरीरले आफै उत्पादन गर्ननसक्ने भएकोले ओमेगा-३ आबद्ध रहेको खानकुरा खानुपछ । रगतमा चिनीको मात्रा उच्च स्तरमा उत्पादन भयो भने यसले इन्सुलिनको मात्रा बढाउँछ जसका कारण पेटको बोसो सहजै पगाल्न सकिन्न । नेशनल इन्सटिट्यूट अफ हेल्थका अनुसार माछाको तेल सेवन गर्नाले रगतमा भएको चिनीको मात्रा घटेर जान्छ । यसका साथै हलिबेट जातको माछा खाने गर्नाले शरीरको बोसो हराएर जान्छ । अनि ओखर, चिल्लोजन्य बिउहरु जस्तै आलस, फर्सीको बिउ, सुर्यमुखी फुलको बिउ, सालमोन, टुसा पालाएको गेडागुडी आफ्नो दैनिक ओमेगा-३ खोराकका लागि सामेल गर्नुहोस् ।

२. प्रोटीनको मात्रा बढाउनुहोस्

शरीरको तौल घटाउनका लागि प्रोटिनको आवश्यकता पर्छ । प्रोटिनको मात्रा बढाउनाले तपाईको मेटाबोलिज्म बढ्छ र यसले मांसपेशीलाई बलियो बनाउँछ ।

डेनमार्कमा गरिएको एक अध्ययन अनुसार जनावरजन्य खाद्धय पदार्थ जस्तै दही तथा महीमा प्रस्त प्रोटीन पाइन्छ । अनि यस्ता प्रोटिनले तपाईको शरीरमा रहेको अनावश्यक क्यालोरीलाई धपाउने काम गर्छ । क्यालोरि जति कम भयो शरीरमा बोसो जम्ननपाउने संभावना त्यतिनै कम हुन्छ ।

३. हरियो चिया पिउनुहोस्

हालै गरिएको एक अध्ययन अनुसार सहभागीहरु जसले दैनिक ४-५ कप हरियो चिया पिउने गरेका थिए उनीहरुले आफ्नो तौल चिया नपिउने सहभागीहरु भन्दा २ पाउण्ड बढी घटाउन सफल भएका थिए । हरियो चियामा क्याटेचिन्स भन्ने तत्व पाइन्छ जसका कारण मेटाबोलिज्म सक्रिय भई बोसो तथा चिल्लो बस्ने तन्तुहरु र कलोजोले यस्ता चिल्लोलाई पगाल्न थाल्छ ।

४. गाढा रङको चकलेट खाने गर्नुहोस्

बैज्ञानिकहरुका अनुसार नियमित रुपमा ठिक्कले चकलेट खानाले शरीरको बोसो घटेर जान्छ । यसमा विषादीनाशक तथा शरीर सुनिने गुणलाई कम पार्न सक्ने क्षमता आबद्ध हुन्छ । यद्धपि यस्ता चकलेटमा भने कमसेकम ७० प्रतिशत कोको हुनैपर्छ ।

५. मस्तले सुत्नुहोस्

आवश्यक समयसम्म नसुत्नाले शरीरमा हारमोनको मात्रा बृद्धि हुन्छ जसका कारण भोक धेरै लाग्छ । जाग्राम बस्नाले शरीरको क्यालोरी आपसेआप घटेर जान्छ भन्ने धारणा गलत हो किनकि निन्द्राको अभावमा शरीरमा मेटाबोलिज्मको मात्रा तल झर्छ जसका कारण हरमोनको मात्रामा बृद्धि हुन्छ । राती गरि समयमा नसुत्ने वा अनिदो बसेर काम गर्ने मानिसहरुको शरीरको तौल अनावश्यक रुपले बढने गरेको तथ्य अनुसन्धानले साबित गरिसकेको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक